दफा
संस्थागत व्यवस्था

८. संस्थागत व्यवस्था

८.१ जैविक प्रविधि सम्बन्धी अनुसन्धान तथा विकास एवं यस क्षेत्रका लागि आवश्यक जनशक्ति विकास र जैविक प्रविधि विषयको पाठ्यक्रम विकास गर्न जैविक प्रविधि समन्वय समितिको गठन गरिनेछ । यस समितिले निजीक्षेत्रका उद्यमीहरूलाई आÏनो उत्पादनमा वृद्धि गर्न जैविक प्रविधि ग्रहण गर्न प्रोत्साहन तथा सार्वजनिक सचेतना बढाउने कार्य गर्नेछ । जैविक प्रविधि समन्वय समितिको गठन देहाय बमोजिम हुनेछ ः

१. माननीय मन्त्री÷राज्यमन्त्री, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय –अध्यक्ष
२. माननीय सदस्य, राष्ट्रिय योजना आयोग (जैविक प्रविधि क्षेत्र हेर्ने) –सदस्य
३. सचिव, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय –सदस्य
४. सचिव, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय –सदस्य
५. सचिव, वन तथा भू–संरक्षण मन्त्रालय –सदस्य
६. सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय –सदस्य
७. सचिव, अर्थ मन्त्रालय –सदस्य
८. सचिव, कृषि तथा सहकारी मन्त्रालय –सदस्य
९. सचिव, शिक्षा तथा खेलकूद मन्त्रालय –सदस्य
१०. सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय –सदस्य
११. सचिव, सूचना तथा संचार मन्त्रालय –सदस्य

१२. अध्यक्ष, सम्बन्धित जैविक प्रविधि संघ (एक जना) –सदस्य
१३. शिक्षाध्यक्ष, त्रिभुवन विश्वविद्यालय –सदस्य
१४. शिक्षाध्यक्ष, अन्य सम्वद्ध विश्वविद्यालय (एक जना) –सदस्य
१५. सचिव, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –सदस्य
१६. अध्यक्ष, कृषि उद्यम केन्द्र –सदस्य
१७. जैविक प्रविधि विशेषज्ञ (चार जना) –सदस्य
१८. उपभोक्ता समूहका प्रतिनिधि (दुई जना) –सदस्य
१९. कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् –सदस्य
२०. कार्यकारी निर्देशक, राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्र –सदस्य–सचिव

८.२ ८.२ राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्र ः वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्रको स्थापना गरिनेछ । यसले देहायका कार्यहरू गर्नेछ ः

८.२.१ राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्रले राष्ट्रिय जैविक प्रविधि सम्बन्धी प्राथमिकताहरूको पहिचान गरी प्रस्तुत राष्ट्रिय रणनीति कार्यान्वयन र प्रणालीका विभिन्न अवयवहरूबीचको सहयोग प्रवद्र्धन गर्ने ।

८.२.२ जैविक प्रविधि समन्वय समितिको सचिवालयको रूपमा काम गर्ने, जैविक प्रविधि सम्बन्धी नीति तथा योजना कार्यान्वयन गर्ने वा गराउने, सो नीति तथा योजनाको सुपरीवेक्षण तथा निरीक्षण गर्ने र त्यसमा सघाउ पु¥याउने र निजी उद्यमीहरूबाट गरिएका कृयाकलापहरूलाई नियमन गर्ने ।

८.२.३ जैविक प्रविधि सम्बन्धमा अनुसन्धान तथा विकासको प्रवद्र्धनका लागि जैविक प्रविधि महाशाखा खोल्न सम्बन्धित मन्त्रालयहरूसंग समन्वय गर्ने तथा राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्रमा अनुसन्धान प्रयोगशालाहरूको स्थापना गर्ने ।

८.२.४ आर्थिक स्रोत, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यावसायिक विकास, सार्वजनिक सरोकारका विषयहरू तथा नैतिक विषयहरूको अन्वेषण गर्ने । जैविक प्रविधिमा उपक्रम पूंजी को लगानी तथा औद्योगिक साझेदारहरूको खोजी प्रवद्र्धन गर्ने ।

८.२.५ अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सल्लाहकार समूहहरूको सूची तयार गर्ने ।

८.८.३ राष्ट्रिय जैविक प्रविधि अनुसन्धान तथा विकास केन्द्र अन्तर्गत जैविक प्रविधि वैज्ञानिक समिति गठन गरिनेछ र सो समितिमा जैविक प्रविधिका विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्ने वैज्ञानिकहरू रहनेछन् ।